तलब उपलब्ध गराउने आश्वासनपछि नेपालगञ्ज शिक्षण अस्पतालमा प्रदर्शन राेकियाे

 जेठ ३१, २०७८ सोमबार १६:१५:३५ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज – अस्पताल व्यवस्थापनले तलब उपलब्ध गराउने आश्वासन दिएपछि नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन राेकेका छन् । यसअघि साेमवार बिहान फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । 

उनीहरूले नियमित तलब पाउनुपर्ने, तलब वृद्धि हुनुपर्ने, कोभिडको समयमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित आज अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । कर्मचारी सङ्गठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पताल व्यवस्थापनले असार २ गतेसम्म तलब उपलब्ध गराउने आश्वासन दिएपछि प्रदर्शन रोकिएको बताउनुभयो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले चार वर्षदेखि तलब वृद्धि नभएको बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया