बारामा जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जनाको ज्यान गयाे

 असार ६, २०७८ आइतबार ६:५४:३० | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकाे सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका र उनीहरुको सिमरामा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया