जापानले नेपाललाई अनुदानमा कोरोना विरुद्धको खोप दिने

 असार २९, २०७८ मंगलबार १५:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ । जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । अनुदानको खोप पाउने सम्बन्धित देशमा खोप पठाउन प्रक्रिया सुरु भएको र छिटै पुग्ने जापान सरकारले जनाएको छ ।

जापानले दिने खोपबाट नेपालले १५ लाख डोज खोप पाउने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले यसअघि हिजो पनि कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट १५ लाख जोड जोनसन एण्ड जोनसनको खोप पाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया