सप्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 साउन १९, २०७८ मंगलबार ७:२५:३८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका-४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमवार साँझ भएको दुर्घटनामा सिरहा लहान नगरपालिकाका २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको ज्यान गएको हो ।

स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा रहेका चौधरी र ९५५६ नम्बरको मोटरसाइकलमा रहेका यादवको ज्यान गएको जानकारी दिनुभयो । 

चौधरीको मोटरसाइकलको पछाडि रहेका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलकाे पछाडि रहेकी लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया