राजनीतिक पहुँचकै आधारमा १ जना करार कर्मचारीलाई  ३ वटा शाखाको जिम्मेवारी

 साउन २२, २०७८ शुक्रबार ९:३:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक जना करार कर्मचारीलाई तीन वटा शाखाको जिम्मेवारी दिइएको छ ।

पालिकाका करार कर्मचारी राजेशकुमार झाले पालिकाको सूचना अधिकारीको पदसँगै विपद जोखिम न्युनिकरण अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको हो । राजनीतिक पहुँचका आधारमा उहाँलाई तीन वटा जिम्मेवारी दिइएको आरोप लाग्ने गरेको छ । उहाँ कर्मचारी भएर पनि खुलेर राजनीति गरिरहेको गाउँपालिकाकै उपाध्यक्ष सुचिता यादवको भनाइ छ ।

यस्तै झा ठेक्कापट्टा गर्ने तथा गैरसरकारी क्षेत्रमा पनि संलग्न हुने र विभिन्न संघ संस्थाबाट रकम उठाउने प्रतिनिधिको रूपमा  पनि काम गर्दै आएको आरोप उहाँमाथि छ । बाल केन्द्रीत विपद जोखिम कार्यक्रममार्फत गाउँपालिकाको कार्यालय प्रवेश गर्नुभएका झा अहिले त्यो कार्यक्रम बन्द भइसकेपछि पनि त्यहीँ अरु पदमा रहेर काम गरिरहनुभएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहसँग मिलेर उहाँले एकमाथि अर्को जिम्मेवारी लिएको बताइएको छ ।

राजेशकुमार झाले २०७६/२०७७ मा गाउँपालिकाबाट बीस लाख रुपैयाँ पेस्की रकम समेत उठाउनु भएको लेखा कागजमा लिखित समावेश गरिएको  छ । 

तिलाठी कोइलाडी  गाउँपालिकामा नियम विपरीत  कर्मचारी  नियुक्ति  गरिएको स्थानीयहरु बताउँछन् । पालिकामा आफ्नो ‘फेवर’का कर्मचारी भर्ती गरेर उनीहरुमार्फत भ्रष्टाचार गराउने गरिएको स्थानीय निशान्त सिंह बताउनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया