सप्तरी : तिलाठी कोइलाडीमा दुईवटा झोलुङ्गे पुल निर्माणको काम अलपत्र

 साउन २३, २०७८ शनिबार १२:२३:४४ | शुभनारायण यादव
unn.prixa.net

काठमाण्डाै - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दुईवटा पुल निर्माणको काम अलपत्र परेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरा र वडा नम्बर ७ को मंसापुरमा पुल बनाउने योजना कागजमै सीमित भएकाे स्थानीय बासिन्दाको गुनासो छ । 

सकरपुराको झोलुङ्गे पुल निर्माणका लागि २ करोड ८२ लाख ८० हजार रकम विनियोजन भएकोमा ७० लाख रुपैयाँ निकासा भएको छ । पुल निर्माण लागि उपभोक्ता समिति बनेको तर काम नभएको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र मुखियाले बताउनुभयो । 

पेस्की बापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको उहाँको भनाइ छ । यस्तै मंसापुरमा जिता खोलामा बन्नुपर्ने पुलका लागि २९ लाख, १९ हजार रुपैयाँ बजेट बिनियोजन गरिएकोमा कामै नगरि १६ लाख ३७ हजार रुपैयाँ निकासा भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कोरोना महामारी तथा बाढीका कारण पुल निर्माण हुन नसकेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया