११ युवा मिलेर सुन्दरबजार नगरपालिकामा अटाे सञ्चालनमा ल्याए

 साउन २७, २०७८ बुधबार २०:०:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजार नगरपालिकामा पहिलो पटक तीन पाङ्ग्रे गाडी (अटो) सञ्चालन गरिएको छ । भोटेओडार क्षेत्रका ११ जना युवा मिलेर ‘साना सवारी यातायात लमजुङ प्रालि’ दर्ता गरी नगर क्षेत्रका बजारी क्षेत्रमा अटो सञ्चालन गरेका हुन् ।

सुरुवातमा प्रालिमार्फत पाँच वटा अटो सञ्चालनमा ल्याइएको र सम्बन्धित निकायको सहयोगमा आवश्यकताअनुसार अटोको सङ्ख्या बढाउँदै लगिने साना सवारी यातायात लमजुङ प्रांलिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनबाट एउटा अटोलाई ६ लाख ५५ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको संस्थाले जनाएको छ । 

बुधवार गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले अटो सञ्चालनको शुभारम्भ गर्दै अटोलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ सोचका साथ युवा आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

अटो सञ्चालनमा आएसँगै नागरिकलाई आवतजावतमा सहज हुनुका साथै समयको पनि बचत हुने भएको छ । 

बेरोजगार युवालाई स्वदेशमै रोजगारी सिर्जना गराउनुका साथै नागरिकलाई आवतजावतमा सहज हुने र समयको बचत पनि हुने भएकाले अटो सञ्चालनको अवधारणा ल्याइएको अटो सञ्चालनका समन्वयकर्ता प्रेमबहादुर भट्टराईले बताउनुभयो ।

अटो सञ्चालन भएसँगै सुन्दरबजार नगरपालिकाका बजार क्षेत्र पाउँदी, फूलबारी, सिउँडीबार, भोटेओडार, रामदी, फेदीकुना, सुन्दरबजार क्याम्पस गेट, मिलन चोक, भिजन चोक, खत्रीठाँटी लगायतका ठाउँमा आवतजावतका लागि सहज हुने भएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया