कीर्ते नागरिकता बनाउने ज्वाइँ ससुरासहित तीन जना जेल चलान

 साउन २८, २०७८ बिहिबार ११:५१:३१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - ज्वाइँलाई छाेरा भनेर नागरिकता बनाइदिएकाे आराेपमा ससुरासहित तीन जना जेल चलान भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते  कागजात बनाएर नागरिकता बनाइदिएकाे आराेपमा ज्वाइँ ससुरासहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे जानकारी दिनुभएकाे हाे । 

राजविराज नगरपालिका-१५ बस्ने ससुरा देवेन यादव, उनका ज्वाइँ शिवनन्दन यादव र कीर्ते कागजात तयार पार्ने सञ्जिव कुमार यादव जेल चलान भएका हुन् ।

सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पूर्ण अनुसन्धानपछि सक्कलै मिसिल कागजातहरु पेस गरेकाे आधारमा प्रहरीले उनीहरुसहित सुरेश कुमार यादवलाई पक्राउ गरेकाे थियाे । सुरेश कुमार यादवलाई दाेषी नदेखिएपछि छाडिएकाे प्रहरीले जनाएकाे छ । 

सञ्जिव कुमार यादवसँग मिलेमतो गरी राजविराज नगरपालिका-१५ का वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत कीर्ते खडा गरी कागजातहरु तयार पारेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको बेला उनीहरु पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया