सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयाे

 भदौ १, २०७८ मंगलबार १४:१:५९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी- सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएकाे छ । सप्तरीको खडक नगरपालिका-३ मा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा खडक नगरपालिका-३ बानरझुलाका२१ वर्षीय छोरा सन्तोष कुमार ठाकुर हुनुहुन्छ । 

माछा मार्ने क्रममा डुबेर गम्भीर घाइते भएका ठाकुरको उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै सप्तरीकै कञ्चनरुप नगरपालिका-१० बदगामामा करेन्ट लागेर एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर २५ वर्षीय बेजु यादवकाे ज्यान गएकाे हाे ।

छिमेकी केशी पासवानको घरमा काम गर्न गएको बेला अचानक करेन्ट लागेर यादव गम्भीर घाइते हुनु भएको थियो । उहाँलाई तत्काल राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको भए पनि उपचारका क्रममा ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया