जिता नदीको तटबन्ध भत्किँदा डेढ सय घर डुबानमा

 भदौ १, २०७८ मंगलबार १६:१:३७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा – ५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा एक सय ५० घर डुबानमा परेका छन् । आज बिहानैदेखि जिता नदीमा पानीको बहाव उच्च रहेका कारण तटबन्ध भत्किएको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका एक सय ५० घरमा पसेको झाले बताउनुभयो । उहाँका अनुसार दुई वटा घर भत्किएका छन् ।

बस्तीमा पानी पसेपछि स्थानीयवासी त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको छ । बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया