कुखुरा फर्ममा आगलागी हुँदा लाखाैँकाे क्षति

 भदौ १२, २०७८ शनिबार १२:३६:३५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेकाे संगीता कृषि फर्ममा  गएराति दुई बजे आगलागी हुँदा लाखाैँ रुपैयाँ बराबरकाे क्षति भएको छ ।

संगीता कृषि फर्ममा राति अचानक घुरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा, पानी तान्ने मोटर १ थान,भवलेटर १ थान, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत दश लाख रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ  ।

आगलागी हुँदा बाटो नभएका कारण आगो निभाउन दमकल आउन नसकेको फर्मका सञ्चालक चन्द्रभुषनकुमार सिंहले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया