सप्तरीमा नहरमा डुबेर एक युवकको ज्यान गयाे

 भदौ १७, २०७८ बिहिबार ११:१६:३० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको हनुमाननगर कङ्कालीनी नगरपालिका-२ सकरदहीमा रहेकाे पश्चिमी नहरमा डुबेर एक युवकको ज्यान गएकाे छ । 

नहरमा डुबेर कङ्कालीनी नगरपालिका-१ का २४ वर्षीय लक्ष्मण कुमार इसरको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

लक्ष्मण मलेसियामा सात वर्ष बसेर १५ दिन अगाडि मात्रै घर फर्किएका थिए । 

युवककाे शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया