सङ्खुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा, अनुसन्धान सुरु

 भदौ २२, २०७८ मंगलबार १४:३९:८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा गएकाे आइतवार राति भएको ६ जनाको सामूहिक विभत्स हत्याको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल आइपुगेको छ । 

सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली हिजाे सोमवार राति अबेर मात्रै घटनास्थल आइपुगेको हो । 

टोलीले आज मङ्गलवार बिहानैदेखि विभिन्न चरणमा अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो । 

स्थानीयवासी ८५ वर्षीय बौदमान कार्कीका एकै परिवारको वंश नै नाश हुने गरी ६ जनाको हत्या भएको थियो । 

यस घटनामा घरमुली बौदमान कार्की भने सकुशल छन् । यस हत्याकाण्डमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र सात वर्षीया गोमा कार्कीले ज्यान गुमाएका थिए । 

घटनास्थल वरपर घरको आँगन, खरबारी र खोल्सासम्म यत्रतत्र छरिएको अवस्थामा शव फेला परेको थियो । याे हत्याकाण्डले सुरक्षाकर्मीलाई समेत चुनाैती थपिएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया