सङ्खुवासभा हत्या प्रकरण : मृतकको अन्त्येष्टि गरियो

 भदौ २३, २०७८ बुधबार २०:१४:२४ | नवीन गुरुङ
unn.prixa.net

मादी–१ उम्लिङ खोलागाउँकाे घटना घटेकाे घर

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङकाे खोलागाउँमा भएको हत्याकाण्डमा मारिएका ६ जना मृतकको सुनसरीको बूढीखोलामा अन्त्येष्टि गरिएको छ । उनीहरूको आज मङ्गलवार बेलुकी अन्त्येष्टि गरिएको हो ।

अस्पतालले बेलुकी ५ बजेतिर आफन्तलाई शव जिम्मा दिएको र बूढीखोलामा अन्त्येष्टि गरिएकाे मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताउनुभयो ।  

मृतकहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । दाँहसंस्कार गर्न मृतक तेजबहादुरका कान्छा छोरा नरेश कार्की हिजाे मङ्गलवार राति धरान आइपुग्नुभएकाे थियाे । उहाँले परिवारका सबैलाई दागबत्ती दिएको वडाध्यक्ष कटुवालले बताउनुभयाे । 

यता जिल्लाका सुरक्षाकर्मी र सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको विज्ञ टोलीसहित तालिम प्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेपछि फर्किएको छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकमबहादुर कुँवर घटनास्थल आइपुग्नुभएकाे छ । 

गएको सोमवार बिहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा स्थानीयवासी बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

तस्बिर : नवीन गुरुङ/उज्यालाे 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया