सप्तरीमा छुट्टाछुट्टै घटनामा एकै दिन ३ जनाको ज्यान गयाे

 भदौ २५, २०७८ शुक्रबार ८:१७:३५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा एकै दिन भएका  छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम राजबिराज नगरपालिका-५ मा पर्ने  राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ विष्णुपुर तर्फ जाँदै गरेको ७ प ४४१० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका-५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको ज्यान गएकाे प्रहरीले जनाएको छ । ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । प्रहरीका अनुसार  ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ ज्यान गएको छ । चन्दनले आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उहाँलाई करेन्ट लागेर घटना स्थलमा नै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका - ३ कचन्दाहा बस्ने २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर ज्यान गएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया