सप्तरीमा छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर तीन जनाको ज्यान गयो

 असोज ६, २०७८ बुधबार ७:४२:१८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका, तिलाठी कोईलाडी र महादेवामा गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाका राजेशकुमार चौधरीकी छोरी ३ वर्षकी एलिजाकुमारी, कपडा धुने क्रममा तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी छोरी १२ वर्षकी सबना खातुन र भाँडा मस्काउने क्रममा महादेवा गाउँपालिका ४ परसाही टोलका अमृत सदाकी ३० वर्षकी छोरी लक्षन कुमारी सदाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तीनवटै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • mahanand Yadav

    Sept. 22, 2021, 8:04 a.m.

    असावधानी को कारण ले यस्ता दु:खद घटना हुने गर्दछ। हरे शिव।

  •  0 Reply

तपाईको प्रतिक्रिया