अस्ट्रियामा खोप नलगाएका व्यक्तिहरुलाई लक्षित गर्दै लकडाउन

 कात्तिक २९, २०७८ सोमबार ६:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो ।

यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ ।

खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरिकले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा खटिने छ । लकडाउन सुरुमा १० दिनसम्म रहनेछ । 

झण्डै ९० लाख जनसङ्ख्या रहेको यो देशमा लकडाउनबाट बीस लाख नागरिक  प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।  अस्ट्रियामा कुल जनसङ्ख्याको झण्डै ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन् । पछिल्लो समय त्यहाँ सङ्क्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड बढेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया