पालिकाको चुनाव वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

 मंसिर २४, २०७८ शुक्रबार २०:२८:२५ | नवीन गुरुङ
unn.prixa.net

सदरमुकाम खाँदबारीमा प्रमुख निर्वाचन आयुक्त थपलिया । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका तहको चुनाव आउँदो वैशाखभित्रै हुने बताउनुभएको छ ।

आज शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरू सहभागी अन्तरक्रिया कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो । 

निर्वाचन आयोग चुनाव गराउने तयारीमा जुटिसकेको र त्यहीअनुसार पूर्वतयारीमा लागिरहेको थपलियाले बताउनुभयो । उहाँले पालिका तहको चुनाव देशभर नै एकै चरणमा, एकै दिन गराउने पूर्वतयारीमा आयोग जुटिरहेको बताउनुभयो । 

सङ्खुवासभामा सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र व्यवस्थापनको विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया यहाँ आउनुभएको हो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको पाँच वर्षे पदावधि जेठ ५ गते सकिने र पदावधि सकिनभन्दा दुई महिना अगाडि चुनाव गराउनुपर्ने कानुनी व्यवस्था भएकाले २०७९ वैशााखसम्म चुनाव गराउने तयारी छ ।’ 

अहिले देशैभरि मतदाता नामावली सङ्कलन भइरहेकाले सबैले सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो । 

पालिका तहको चुनावलाई लक्षित गरी अहिले पुस २० गतेभित्र नामावली सङ्कलन भइरहेको छ । आफू बसेकै ठाउँमा नामावली दर्ता गराउन सकिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । यस वर्ष देशभर तीन सय १४ मतदान केन्द्र थप भएको समेत उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया