सङ्खुवासभा : चिचिला गाउँपालिका-२ का वडाध्यक्षमाथि नचिनेकाे समूहद्वारा ढुङ्गा प्रहार

 माघ ५, २०७८ बुधबार ९:४७:४७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का अध्यक्ष मिरबहादुर राईमाथि नचिनेकाे समूहले ढुङ्गा प्रहार गरेकाे छ । 

हिजाे बेलुका ७ बजेतिर चिचिला गाउँपालिकाको हिउँदे अधिवेशन सकेर घर फर्किने क्रममा राईमाथि ढुङ्गा प्रहार भएकाे गाउँपालिकाले जनाएकाे छ । 

चिचिला–२ को ६ टनिङ्ग भन्ने ठाउँ हुँदै मोटरसाइकलमा घर फर्किरहेका वडाध्यक्ष राईमाथि एक्कासी ढुङ्गा प्रहार भएको थियो ।

ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते हुनुभएकाे छ भने मोटरसाइकलमा केही क्षति पुगेको छ । कसले, किन आक्रमण गर्याे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

चिचिला गाउँपालिकाले विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया