पर्यटकीय स्थल बन्दै नरपानी

 माघ १६, २०७८ आइतबार १९:५४:१६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नरपानी डाँडा चिसो हावा र चिसो पानीका लागि प्रसिद्ध छ । यहाँबाट धेरै हिमालसहित मनमोहक दृश्य देख्न पाइने हुँदा पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । 

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । नरपानीमा गंगा सरोवर नामको पोखरीको मर्मत गरी डुङ्गा सञ्चालन तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो  । 

पिकनिक स्थलको रूपमा बिकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि मानिसहरू आउने गर्छन् । शनिवारको दिन यहाँ २० भन्दा बढी समूहमा मानिसहरू आउने गरेका छन् । 

महेन्द्र राजमार्गको कपिलवस्तु–गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी आउन सकिन्छ । गोरुसिङ्गे–सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा भारतीय पर्यटक पनि आउने गरेका स्थानीयवासी बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया