सुनापतिका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता

 फागुन ६, २०७८ शुक्रबार १२:३४:५३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ ।

सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो ।     

‘पालिकाको चालु आर्थिक वर्षमा एकल पुरुषलाई दिने भत्ताको विषयमा दुई छुट्टाछुट्टै कार्यविधि बनाएका छौं, जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले भन्नुभयो, ‘पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएका पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेका छौँ ।’

यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाको भनाइ छ । 

अहिलेसम्म राज्यबाट कुनै पनि सुविधा पाउन नसकेका एकल पुरुषहरुले पालिकाले मासिक रुपमा १ हजार रुपैयाँ भत्ता दिन थालेपछि निकै खुशी भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया