संखुवासभा बस दुर्घटना : ज्यान गुमाएका १५ जनाकै परिचय खुल्यो, घाइते ४ जनाको धरानमा उपचार चल्दै

 फागुन २६, २०७८ बिहिबार १५:९:३६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको नै परिचय खुलेको छ । ज्यान गुमाउनेमा मादी नगरपालिकाका मात्र १२ जना रहेका छन् ।

दुर्घटनामा मादी नगरपालिका ६ की सीता विक, अञ्जना कटवाल र पाँच वर्षीया दीक्षा कटवालको ज्यान गएको छ । यस्तै मादी ५ का  भवानीप्रसाद दाहाल, श्याम शेर्पा, दीपक दाहाल, उमेश भट्टराई र युका पोख्रेलको ज्यान गएको छ । यस्तै मादी ४ का बलबहादुर कार्की, सविता कार्की, आइतबहादुर तामाङ र वडा नम्बर २ का इन्द्र अधिकारीको पनि ज्यान गएको छ ।

दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समीक्षा योन्जन र उहाँका आठ वर्षीय छोरा सुदीप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका विपीन निरौलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । विपीन बसका चालक र उमेश सहचाक हुनुहुन्थ्यो । 

यसैबीच दुर्घटनामा घाइते भएका चार जनाको उपचारको धरानमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया