रुकुम पश्चिममा तीन दिनदेखि हराइरहेका युवाको शव भेटियो

 चैत १२, २०७८ शनिबार ११:५५:५५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - तीन दिनदेखि हराइरहेका एक युवाकाे शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ पातुखोलामा आज बिहान शव भेटिएको हो।

बाँफिकोट गाउँपालिका-८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बङ्गुरफर्मभन्दा माथिको भिरमा उनको शव भेटिएको हो। मगरकाे भिरबाट खसेर ज्यान गएको हुनसक्ने अनुमान गरिएकाे छ ।

पातुखोलामा रहेकाे फुपुको घरमा बस्दै आएका करण गएकाे १० गतेदेखि हराएका थिए। कक्षा १० मा अध्ययनरत करणको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया