कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

 चैत १५, २०७८ मंगलबार २०:१९:५४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअन्तर्गत आज ६९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै सङ्घीय सांसद महतले कावासोती नगरपालिकाले गरेको याे कामले जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको हरेक सुख दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिएको बताउनुभयो ।   

नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले विपदले धेरै परिवार प्रभावित बनेको र कतिपयले ज्यान गुमाउनु पर्दा जनप्रतिनिधि लगायत सबैलाई दुःख लागेकेा बताउनुभयो । उहाँले बिस्तारै दुःखलाई बिर्सेर आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया