यो चुनाव हाम्रा लागि ‘ब्याटल’ हो : प्रचण्ड

 बैशाख ३, २०७९ शनिबार १७:२८:४२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाईँ) भएको बताउनु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउने चुनाव माओवादीका  लागि ‘ब्याटल’ भएको बताउनु भएको हो ।

‘आउने चुनाव, हाम्रो लागि चुनवा छैन, हाम्रो लागि ब्याटल हो, लडाइ हो ,हामीले जित्दा राष्ट्रले जित्छ, हामीले हार्दा राष्ट्रले हार्छ’, कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो,  ‘आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता छ, किन छ त ? अहिले माओवादीले हार्यो भने संविधान हार्छ, गणतन्त्रले हार्छ, महिला दलित , जनजाती, थारू आदिवासी ,मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ , सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ त्यो अधिकारले हार्छ ।’ 

संविधान विरोधीहरूले गणतन्त्रलाई उल्टाउन  खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी भएकाे पनि उहाँले बताउनुभयो । देशको राजनीति अझैपनि माओवादीकै  हातमा घुमेको बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताउनुभयो । 

‘गठबन्धन भित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा हैन् ,सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया