बागी उम्मेदवारी घोषणा गर्दै वडाध्यक्षद्वारा राजीनामा

 बैशाख ६, २०७९ मंगलबार १३:९:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा एक वडाध्यक्षले आफ्नै पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी घोषणा गर्दै पदबाट राजीनामा दिनुभएको छ । 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का अध्यक्ष मानबहादुर चदाराले पदबाट राजीनामा दिनुभएको हो । २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका वडाध्यक्ष चदाराले आज मङ्गलवार नगरपालिकाका मेयरलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको छ । 

यही वैशाख ३० गते हुने पालिका चुनावमा आठबीसकोट नगरपालिकामा पार्टीले सिफारिस गरेका मेयर र उपमेयर पदको उम्मेदवारप्रति चित्त नबुझेर राजीनामा दिएको उहाँको भनाइ छ । उहाँले सम्भावित उम्मेदवारलाई सामान्य सोधपुछसमेत नगरि एकलौटी रूपमा उम्मेदवार सिफारिस गरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । माओवादी केन्द्रबाटै उम्मेदवार रहेर वडाध्यक्ष हुनुभएका चनाराले पार्टीले आठबीसकोटमा ज्यादती, मनोमानी, अराजकता, तानाशाही प्रवृत्ति देखाएको र एकल निर्णय गरेको आरोप लगाउँदै बागी उम्मेदवारी दिनेसमेत बताउनुभएको छ । 

हिजो सोमवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले पालिका चुनावका लागि उम्मेदवारहरू सिफारिस गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठकले पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेपछि वडाध्यक्ष चनाराले आफूले वडाध्यक्ष पद त्यागेर बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आठबीसकोट नगरपालिकाको मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाहीलाई पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया