टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी परित्यागको घोषणा

 बैशाख १६, २०७९ शुक्रबार ८:८:२८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएकाे भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले आउँदाे वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेकाे तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आउनु भएकाे थियाे । पार्टीले टिकट नदिएपछि रुष्ट हुनुभएका उहाँले पार्टी नै परित्यागकाे घोषणा गर्नुभएकाे हाे । 

पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७६ सालको उपचुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया