अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको ज्यान गयाे

 बैशाख १७, २०७९ शनिबार १४:१४:२२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको  भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले  बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १  ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो ।

प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीकाे घर ढाकाबांग आउने क्रममा खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताउनुभयाे । खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ । उहाँका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको छ । 

यस्तै बाढीले ५ घरमा क्षति पुर्‍याएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया