जुम्ला आइपुग्याे ७६ हजार मतपत्र

 बैशाख २०, २०७९ मंगलबार १५:५३:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - पालिक चुनावका लागि जुम्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।

उहाँका अनुसार  १५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनमा खटिने कर्मचारी र मतपत्र प्याकिङ समेत भइरहेको छ । यसैगरी निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफलका लागि बैठक समेत भएको छ । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश  जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मतपत्र भए पनि १० हजार मतपत्र बढी आएको छ । 

मतपत्र भने नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर स्थलमार्गबाट जुम्ला पुर्याएको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले नेपाली सेनाले जुम्लाका लागि कालीकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टेनरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।

जुम्लाको जम्मा मतदाता सङ्ख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४७१ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । 

यहाँकाे एक नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । जसमा पुरुष ५ हजार ८४७ जना र महिला ५ हजार ९७३ रहेका प्रमुख शर्माले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा रहेको जनाइएको छ । 

यस्तै सबैभन्दा कम मतदाता नामावली सङ्ख्या हिमा गाउँपालिकामा ६ हजार २८७ रहेको छ । जसमा पुरुष ३ हजार २८२ जना र महिला ३ हजार ५ जना रहेका छन् । मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

पालिका चुनाव नजिकिँदै जाँदा पछिल्लो समय निर्वाचन कार्यालयहरुले तालिका अनुसार आआफ्नो काम गरिरहेका छन् । चन्दननाथ नगरपालिकामा ७ जना प्रमुख र ५ जना उपप्रमुख पदमा अन्तिम उम्मेदवारको रुपमा रहेका मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया