अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा हप्तादिनदेखि बेपत्ता

 बैशाख २३, २०७९ शुक्रबार १३:२९:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा एक हप्तादेखि बेपत्ता भएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ का २६ वर्षीय गोपाल खड्का एक हप्तादेखि भारतमा बेपत्ता हुनुभएको हो ।

भारतको देहरादुनमा रहेकाे अल्पाइन इन्सिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहेका खड्का गएकाे शुक्रवारदेखि हराउनुभएको उहाँका बुबा चिताराम खड्काले बताउनुभयो । 

परीक्षा सकेर नेपाल फर्किँदै गर्दा गाेपाल हराउनु भएकाे हाे । गोपालको खोजीका लागि नेपाल सरकारमार्फत भारतीय राजदूतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म पत्ता लागेको छैन।

कहीँकतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरी समक्ष जानकारी गरिदिन गोपालको परिवारले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरुः ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया