समयअघि नै जहाज उडाउँदा ‘यात्रु छुटेपछि’ एअरलाइन्सलाई कारबाही गर्न सिफारिस

 बैशाख २७, २०७९ मंगलबार १७:१४:५६ | नेत्र शाही
unn.prixa.net

यात्रुकाे बाेर्डिङ पास

जुम्ला – नेपालगञ्जबाट जुम्ला आउने यती ( तारा) एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ । 

जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको हो ।   

चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका लागि बाँके प्रशासनमा निवेदन दिएको बताउनुभयो । ‘टिकटमा दिउँसो १ बजेको समय दिएको छ तर समयअघि नै जहाज उडाउँदा समस्या भयो । यसबारेमा विमानस्थलका कर्मचारीबाट सहयोग नपाएपछि जिल्ला प्रशासनमा गएको हुँ’, उहाँले भन्नुभयो । 

नेपालगञ्जमा यती एअरलाइन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाज केही चाँडो उडाइएको बताउनुभयो । गोविन्दबहादुर महत बोर्डिङ गरेर बाहिर जाँदा छुटेका स्टेशन म्यानेजर कार्कीको भनाइ छ । 

आफू मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान (काहुराष्ट) का कार्यरत व्यक्ति भएको र जहाजले छोड्दा चुनावमा पर्यवेक्षकको काम प्रभावित हुन सक्ने बताउनुभयो । 

यात्रुकाे निवेदन र प्रशासनकाे सिफारिस–

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया