रामेछापकाे मझुवामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो

 बैशाख ३०, २०७९ शुक्रबार १०:४२:१३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – खाँडादेवी गाउँपालिका–१ मझुवाकाे राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताहरुबीच झडप भएको छ । 

बिन ७ बजे मतदान प्रक्रिया सुरु हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको थियो ।

दोहोरो झडपमा परि दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे । 

मतदान स्थलमा दोहोरो झडप भएपछि अहिले मतदान पक्रिया स्थगित गरिएको छ ।

मतदान पुनः सुरु गराउन मतदान अधिकृतले उम्मेदवारहरुलाई राखेर छलफल गराइरहेको भएता पनि सहमति भने हुन सकेको छैन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया