रामेछापमा ११ राउन्ड हवाई फायर, चार मतदान केन्द्रमा मतदान स्थगित

 बैशाख ३०, २०७९ शुक्रबार ११:३०:१३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन ७ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुई पक्षीय झडप भएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको छ ।

यो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगित भएको छ । यस्तै मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदानस्थलमा पनि झडप भएपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ । यो मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिका–५ पकरवास मतदान केन्द्रमा मतदाताको नाम नमिलेको भन्दै विवाद हुँदा त्यहाँ पनि मतदान प्रक्रिया स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया