रुकुम पूर्वकाे पेल्मामा दिउँसाे १२ बजेदेखि मतदान सुरु

 बैशाख ३०, २०७९ शुक्रबार १३:३५:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको एक मतदान केन्द्रमा दिउँसाे १२ बजेदेखि मात्र मतदान सुरु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका २ को पेल्मा प्रावि मतदान केन्द्रमा दिउँसाे १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । 

बिहान ७ बजेदेखि नै मतदान सुरु हुनुपर्ने भए पनि दलीय सहमति नहुँदा मतदान सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

दलीय सहमतिमार्फत दिउँसाे १२ बजेर ५ मिनेटमा मतदान सुरु भएको र अहिले शान्तपूर्वक मत खसिरहेकाे उहाँले बताउनुभयो । हिजो बिहीवार दलहरूका बीचमा झडप भएको र त्याे विवादका कारण आज दलीय सहमति नजुट्दा ढिलो गरी मतदान सुरु भएको उहाँको भनाइ छ ।

प्रावि पेल्मा मतदान केन्द्रमा मतदाताकाे सङ्ख्या चार सय ९२ जना रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया