रामेछापमा ४५ प्रतिशत मत खस्यो

 बैशाख ३०, २०७९ शुक्रबार १४:११:२७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा अहिलेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

रामेछापकाे खाँडादेवी गाउँपालिका १ राकाथुम र मन्थली नगरपालिका १२ गेलुको सिक्राल मतदान केन्द्रमा पार्टीका कार्यकर्ताबीच भएको विवादका कारण मतदान प्रक्रिया राेकिएकाे छ । यसबाहेक सबै मतदान केन्द्रमा अहिले सहज रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकार शाहले जानकारी दिनुभयाे । 

उहाँका अनुसार मतदान प्रक्रिया राेकिएकाे दुई वटा केन्द्रमा अहिले पनि उम्मेदवार र मतदान अधिकृतबीच छलफल भइरहेकाले चाँडै मतदान प्रक्रिया सुरु हुने विश्वास लिएकाे अधिकृत शाहले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया