रामेछापको राकाथुममा मतदान पक्रिया स्थगित

 बैशाख ३०, २०७९ शुक्रबार १६:४१:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा रहेको क, ख र ग गरी तीनवटा मतदान स्थलको मतदान प्रक्रिया स्थगित गरिएको छ । 

जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान शुरु हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीका कार्यकर्ताहरुबीच भएको विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो । मतदान स्थलमा तनाव सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रण लिन ७ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि स्थिति नियन्त्रणमा आएता पनि राजनितिक दलबीच सहमति नमिल्दा त्यस मतदान केन्द्रको मतदान प्रक्रिया नै रोकिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकार शाहले जानकारी दिनुभयो ।

‘मतदान अवरुद्ध पछि पुनः मतदान प्रक्रिया सञ्चालन गर्न राजनितिक दलसँग बसेर सहमतिको प्रयास गर्दा पनि विवाद नमिलेपछि उक्त केन्द्रको मतदान प्रक्रिया स्थगित गर्न निर्वाचन आयोगमा परिपत्र गरिसकेका छाैँ’, उहाँले भन्नुभयो, ‘आयोगले उक्त मतदान केन्द्रमा कहिले मतदान गर्ने भन्ने विषयमा परिपत्र गरेपछि पुनः मतदान गर्ने विषयमा मिति टुङ्गो लाग्नेछ ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया