रामेछाप नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

 जेठ ३, २०७९ मंगलबार २०:११:३१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार लवश्री न्यौपानले ६ हजार ६ सय ३९ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशन पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसकी उपप्रमुख बालाकुमारी कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिता केसीले ५ हजार ३ सय ४७ मत प्राप्त गर्नुभयाे । नौ वटा वडा रहेको रामेछाप नगरपालिकामा ७ वटा वडामा वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । यसबाहेक नेकपा माओवादी केन्द्रले २ वटा वडामा वडा अध्यक्ष पदमा जित हासिल गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया