बाराकाे पचरौता नगरपालिकाको चार वटा केन्द्रमा मतदान आज

 जेठ ४, २०७९ बुधबार ८:२६:५६ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको चार वटा मतदान केन्द्रमा मतदान भइरहेकाे छ। पचरौता नगरपालिकाको चार वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ ।

पचरौता नगरपालिका वडा नम्बर–२ र वडा नम्बर–४ मा बिहान सात बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी गराउनु भयो ।

वडा नम्बर–२ को बरगाछी र श्री नगरबैरिया प्रावि मतदान केन्द्र तथा वडा नम्बर–४ को बेल्दारीमा रहेकाे नेरा प्राविको 'क' र 'ख' मतदान केन्द्रमा आज मतदान भइरहेको निर्वाचन अधिकृत दाहालले जानकारी गराउनु भयो। यो चारवटै मतदान केन्द्रमा  वैशाख ३० मा भएको मतदान रद्द भएको थियो।

मतदान भइरहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराउनु भयो । प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी गराउनु भयो।

मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिएको छ । चार वटा मतदान केन्द्रमा दुई हजार नौ सय ८६ मतदाता रहेकोे निर्वाचन अधिकृत दाहालले जानकारी गराउनु भयो।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया