पर्वतमा जीप दुर्घटनामा घाइते थप १ जनाकाे ज्यान गयाे : आफन्तद्वारा पोखरा-पर्वत सडकखण्ड अवरुद्ध

 जेठ ५, २०७९ बिहिबार १९:४८:२४ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको कुश्मा नगरपालिका–८ चुवाकाे परादी नजिकै बुधबार भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । घाइते यात्रुको ज्यान गएपछि मृतकका आफन्तहरुले मध्यपहाडी लोकमार्गको पोखरा पर्वत खण्ड अवरुद्ध गरेका छन् ।

बिहिबार साँझ ५ बजेदेखि सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुहरु गन्तव्यसम्म पुग्न नपाएपछि सडकमा नै अलपत्र अवस्थामा रहेका छन् । मृतकका आफन्तहरुले क्षतिपूर्ति सहित समयमा दोषीलाई कारबाहीको माग गर्दै सडक बन्द गरेका हुन् । 

बुधबार बाग्लुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको जीप पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको थियो । दुर्घटनामा बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ वर्षीय लालबहादुर थापाको पर्वत अस्पतालमा ल्याउँदै गर्दा बुधबार नै ज्यान गएको थियो भने बिहिबार पोखरामा उपचारका क्रममा त्यही ठाउँकी २५ वर्षीया प्रतिक्षा पुनको ज्यान गएको हो । अन्य १२ जना यात्रुहरु उपचाररत रहेका छन् । उपचाररत केही घाइते यात्रुको अवस्था अझै गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारका लागि रोटरी क्लब अफ पर्वतको एम्बुलेन्समा रोटरी क्लब पर्वतका संस्थापक अध्यक्ष सहितको टोलीले पोखरासम्म उद्धार गरेको थियो । ट्राफिक प्रहरी कार्यालय पर्वतका हवल्दार कमल क्षेत्रीका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया