हिमा गाउँपालिका अध्यक्षको प्रतिबद्धता : सबै नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा

 जेठ ७, २०७९ शनिबार १३:१८:२५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको स्वास्थ्य सहज गर्न नि:शुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयाे ।

यस्तै, नमूनाका लागि भैरव आधारभूत विद्यालयमा अंग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाईफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिक,गर्भवती महिला, विपन्न, अपांगता भएका व्यक्तिका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सबै सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । शुक्रबार मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरेलगत्तै पदवहाली समेत गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले अध्यक्षको पदवहाली तथा उपाध्यक्ष, वडाध्यक्ष र अन्य वडासदस्यको सपथग्रहण समेत सम्पन्न भएको जानकारी गराउभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया