सप्तरीमा चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ

 जेठ १८, २०७९ बुधबार ९:४७:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - चार किलो चाँदीका गहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरीलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट पक्राउ गरेकाे हाे । 

सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरेकाे जानकारी दिनुभयाे । 

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया