सप्तकोशी नदीमा हाम फालेका युवककाे प्रहरीद्वारा उद्धार

 जेठ १९, २०७९ बिहिबार १२:४:४२ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी - सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको  छ ।

झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हिजाे बेलुका नदीमा हाम फाल्नु भएकाे थियाे। 

उहाँलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।

लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया