रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, ९ जनाको परिचय खुल्यो

 असार २१, २०७९ मंगलबार १४:५६:५९ | दीपक भट्ट
unn.prixa.net

तस्बिर : भरत ढकालकाे फेसबुकबाट

रामेछाप – रामेछापबाट काठमाण्डाैका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नाै जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।

आज बिहान बा ३ ख ८३९६ नम्बरकाे बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना भएकाे थियो । 

 कारण नखुले पनि 'ब्रेक फेल' भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । आज दुर्घटना भएको गाडी हिजो पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्ररी मर्मत नगरि चलाएकाले आज दुर्घटना भएकाे सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया