सप्तरीका पालिकाले करार कर्मचारीकाे म्याद थपेनन्

 साउन २, २०७९ सोमबार १३:५२:७ | शुभनारायण यादव
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सप्तरी – पालिका चुनावपछि नवनिर्वाचित जनप्रतिनिधि आएपछि सप्तरीका धेरैजसाे पालिकामा कार्यरत करार कर्मचारीको म्याद थप नगरिएपछि उनीहरू बिचल्लीमा परेका छन् ।

तिलाठी काेईलाडी गाउँपालिका, महादेव गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाले करारका कर्मचारीलाई २०७९ साउन १ गतेदेखि हाजिर नगराउँदा उनीहरू बिचल्लीमा परेका हुन् । यी पालिकाले विभिन्न मितिमा गाउँ सभामा निर्णय गरी करारमा कर्मचारी नियुक्त गरेका थिए । अहिले भने २०७९ साउन १ गतेदेखि करार सेवामा कार्यरत कर्मचारीकाे सम्झाैता नवीकरण वा म्याद थप नहुने ब्यहोरा पत्र सार्वजनिक गरिएको छ ।

गाउँ सभाको निर्णय विपरीत पालिकाले एकलाैटी निर्णय लिएपछि अहिले करारका कर्मचारी आन्दाेलित भएका छन् । अब अदालत, विभिन्न ट्रेड युनियन लगायतमा ज्ञापन पत्र दिनुका साथै चरणबद्ध आन्दोलको कार्यक्रमसमेत अगाडि बढाउने करार कर्मचारी सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो ।

लामो समयदेखि कार्यरत योग्य तथा अनुभवी कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन नै नगरि निष्कासनकाे निर्णय गर्नु पूर्वाग्रह र गलत मनसाय भएकाे भन्दै निर्णय सच्याउन माग गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया