महादेवा गाउँपालिकामा कर्मचारीको 'रेकर्ड' लथालिङ्ग !

 साउन १६, २०७९ सोमबार १८:२४:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको महादेवा गाउँपालिकामा कर्मचारीकाे रेकर्ड लथालिङ्ग भएकाे पाइएकाे छ । लेखा शाखामा कार्यरत कर्मचारीका कारण आफूहरूकाे रेकर्ड लथालिङ्ग भएकाे गाउँपालिकाका कर्मचारीले गुनासाे गरेका छन् । 

लेखा शाखामा कार्यरत लेखापाल रमेशकुमार चौधरी र सह–लेखापाल हिरालाल यादवले कर्मचारीको तलबको सिटरोल, भरपाइ हेर्न नदिएको कर्मचारीले बताएका छन् । सही, छाप नभएकाे पाइएमा तलब, भत्ता घटबढ हुने गरेको उनीहरूकाे गुनासाे छ ।  

त्यस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमालगायतमा महिनैपिच्छे तलबबाट काटिने रकम समयमा दाखिला नगर्ने गरेकाे एक कर्मचारीले बताए । लेखापाल चौधरी र सह–लेखापाल यादवले कर्मचारीकाे हितमा काम नगरेका कारण अवकाशको समयमा पेन्सन पटा बनाउने समयमा पीडा भोग्नुपर्ने बाध्यता रहेकोले समयमै यसतर्फ सम्बन्धित पक्षको ध्यान पुग्नुपर्ने कर्मचारीको माग छ । 

लेखा शाखामा कार्यरत कर्मचारीले कमिसन उठाउने काममा बढी समय खर्चिने गरेका कारण आफूहरूकाे रेकर्ड समयमा अपडेट नभएकाे उनीहरूकाे आराेप छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया