मध्यपहाडी लोकमार्गको पर्वत चुवा खण्ड पहिरोले बन्द

 साउन १७, २०७९ मंगलबार ८:५१:२१ | सन्तोष थापा
unn.prixa.net

पर्वत - मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–कुश्मा सडक अन्तर्गतको चुवा खण्डमा पहिरो जाँदा यातायात बन्द भएको छ।

निरन्तर परेको पानीका कारण सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो बन्द भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार पानी नरोकिएसम्म पहिरो हटाउने काम थाल्न कठिन छ।

पोखरा–कुश्मा सडक खण्ड अघिल्लो वर्ष मात्रै स्तरोन्नति गरेर सम्पन्न भएको हो।

बर्खामा सडकमाथि रहेका ढिस्को र ढुङ्गा निरन्तर झर्ने गरेको छ । पर्वतको मालढुङ्गादेखि कास्कीको नयाँ पुल क्षेत्रसम्म यात्रा जोखिमयुक्त हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया