मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द

 साउन २१, २०७९ शनिबार ७:१६:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत - मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द भएको छ । निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो ।

सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउन मध्यपहाडी लोकमार्ग आयोजनासँग अनुरोध गरिएको छ ।

बाग्लुङबाट एक्स्काभेटर ल्याउने तयारी भइरहेकाे छ । समयमा पहिरो पन्छाउन पहल नभएपछि गाडी चालकहरु पनि सडकमा पहिरो हटाउन खटिएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया