चितवनमा जन्मिँदै नाइटोबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

 साउन २७, २०७९ शुक्रबार ९:५९:३० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा जन्मिँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल भएकाे छ । चिकित्सकहरुका अनुसार याे जन्मिँदै एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्या हो । 

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयङ्कराज कर्णसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । 

शिशुको नाइटोको भाग नबनेको र त्यही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रा समेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गरेको बताउँदै डा. गिरीले सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ भएको जानकारी दिनुभयो । 

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनु भएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रेफर गरिएको थियो।

अस्पताल भर्ना भएको चार दिनपछि गएकाे असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । शिशुको मांसपेशी पूर्ण रुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटकभित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नु परेको डा. गिरीले बताउनुभयो । 

नवजात शिशुदेखि १४ वर्षमुनिका बालबालिकाको शल्यक्रिया संवेदनशील हुनेगर्छ । त्यसैले यस्ता बालबालिकाको शल्यक्रिया पेडियाट्रिक सर्जनबाटै गराउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया