पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयाे

 साउन २८, २०७९ शनिबार १४:८:४८ | सन्तोष थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । 

उहाँ कार्यरत गणबाट बिदामा घर आउनुभएकाे थियाे । साथीहरुसँग पर्वतकाे भंगरामा पर्ने जलजला घुम्न गएकाे बेला शुक्रबार पाेखरीमा डुबेर ज्यान गएको हो । त्याे ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ । दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।

परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया