सप्तरीमा किसानका लागि आएको गहुँ चोरी गरेको अवस्थामा कर्मचारी समातिए

 साउन ३१, २०७९ मंगलबार ११:३२:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएका हुन् ।

महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसहित गहुँको एक सय बोरा गएराति नै इलाका प्रहरी कार्यालय सखडामा ल्याइएकाे छ । 

वडाअध्यक्ष कपिलेश्वर साहले गएको वर्ष किसानका लागि वितरण गर्न ल्याइएको गहुँ त्यसबेला पालिकाबाट केही बोरा लुटिएको तर, महतोले पूरै गहुँ लुटिएको ब्यहोरा पालिकालाई जानकारी गराएको र अहिले अरु बाँकी गहुँ चोरी गरेको हुनसक्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया